नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

Trend Of Tourist Arrivals on 1st 3 Months 2016-2018 || विद्युतीय शवदाह गृहको फर्नेश १ थान थप गर्ने सम्बन्धी वोलपत्र आह्वान गरिएको सूचना (२०७५-१-२५) || राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार सम्बन्धी सूचना (प्रकाशित मिति : २०७४।१२।०७) || दोश्रो चौमासिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धी सूचना || स्वर्गद्वारी मन्दिरको गुरुयोजना तयार गर्ने कार्यको प्राविधिक प्रस्तावमा Short list भएका परामर्शदाताहरुको सम्बन्धमा || छुट आवेदकहरुलाई उल्लेखित मिति र स्थानमा उपस्थितिका लागि जानकारी || लुम्बिनी विकास कोषमा रिक्त सदस्य सचिवको पदमा नियुक्ति गर्ने सम्बन्धी प्रस्तुतीकरण र अन्तर्वार्ताको सूचना || विभिन्न समितिहरुको कार्यकारी निर्देशक/सदस्य सचिवको पदमा व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता सम्बन्धि सूचना २०७४।९।२८ || श्री देवघाट क्षेत्र विकास समिति को रिक्त कार्यकारी निर्देशक पदको लागि कार्ययोजना एबम प्रस्तुतीकरण सम्बन्धि सूचना || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७४।७५ को त्रैमासिक (२०७४ श्रावण देखि आश्विन मसान्त) कार्य सम्पादन प्रतिवेदन (Proactive Disclosure)- २०७४, कार्तिक || भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (2074-7-13) || लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना (2074-7-13) || महाकवि देवकोटा पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना || वार्षिक प्रगति समिक्षा बैठक सम्बन्धमा अत्यन्त जरुरी सूचना २०७४।०५।०४ || Bachelors of Mountaineering Studeis (BMS) शैक्षिक कार्यक्रमको आवेदन फारम खुलेको सूचना || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७३।७४ को त्रैमासिक कार्य सम्पादनको स्वतः सार्वजनिकीकरण - २०७४, वैशाख || पुष्पलाल राष्ट्रिय पुरस्कार २०७३ || प्रेस विज्ञप्ती - वाङ्मय शताब्दी पुरुषको उपाधिबाट सम्मानित गरिएको सम्बन्धमा । || प्रेस विज्ञप्ति - हार्दिक समवेदना || राष्ट्रिय ताल संरक्षण विकास समितिको सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना २०७४।१।१४ || दोस्रो चौमासिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धमा - मिति : २०७३।१२।१७ || राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७३।७४ को त्रैमासिक कार्य सम्पादनको स्वतः सार्वजनिकीकरण - २०७३, माघ || Letter of Invitation for Preparation of Tourism Master Plan and DPR of Major Infrastructures required for Muktinath || Letter of Invitation for preparation of master plan of 7 federal states including preparation of DPR of Cultural Museum in each state || मुक्तिनाथ क्षेत्र र सात प्रदेशको EOI को प्राविधिक प्रस्ताव छनौट गरिएको । || Budget Ceiling आ.व.०७४।७५ देखी २०७६।७७ सम्मको बजेट सीमा || सूचना - तारागाउँ विकास समितिको सदस्य–सचिवको रिक्त पदपूर्ति सम्बन्धी (प्रकाशित मिति २०७३/१०/२४, गोरखापत्र दैनिक) || अनुगमन मुल्यांकन प्रभावकारी बनाउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अत्यन्त जरुरी सूचना || INVITATION FOR FIRST-STAGE BIDS - 16 January, 2017 || लेख रचना उपलव्ध गराउने बारेको सूचना (प्रथम पटक प्रकाशित सूचना मितिः-२०७३/०९/२०) || सिलबन्दी बोलपत्र आह्वानको सूचना - २०७३।०९।२७ || सूचना संशोधन (2073-09-21) || सात प्रदेश र मुक्तिनाथ क्षेत्रमा पर्यटन गुरुयोजना बनाउन प्रस्ताव आह्वान || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७३।७४ को त्रैमासिक कार्य सम्पादनको स्वतः सार्वजनिकीकरण, २०७३, मंसिर || राय सुझावका लागि नेपाल नागरिक उड्डयन ऐन २०७३ को मस्यौदा सार्वजनिक गरिएको सम्बन्धी सूचना: मिति - २०७३।०८।०९ || check || भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (गोरखापत्रमा प्रकाशित मिति २०७३।०५।२१) || २०७३-५-२७ माननीय मन्त्री जीवनबहादुर शाहीज्यूले सुर्खेत विमानस्थल अनुगमन निरीक्षण गर्नुहुँदै || राष्ट्रिय र क्षेत्रिय प्रतिभा पुरस्कारको सूचना || महाकवि देवकोटा पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || पुष्पलाल राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || National Tourism Strategic Action Plan (2015-2024) Seminar || विनासकारी भुकम्प पश्चात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको कार्य प्रगति विवरण (मिति २०७२ साल वैशाख १२ गते देखि वैशाख २१ गते सम्म ) || निषिद्ध क्षेत्रको विवरण, प्रवेश अनुमति दिने व्यवस्था र भिआइपि वर्गिकरण सम्बन्धी सूचना || पर्यटन वहीर्गमन सर्भेक्षणको खरिद प्रकृया रद्ध भएको सम्बन्धी सूचना || राष्ट्रिय प्रतिभा पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार सम्बन्धी सूचना ||

श्री रविन्द्र अधिकारी

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
थप हेर्नुहोस

श्री धनबहादुर बुढा

मा. राज्यमन्त्री
थप हेर्नुहोस

श्री कृष्ण प्रसाद देवकोटा

सचिव
थप हेर्नुहोस
परिचय

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक छ ।पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।
 

नेपालमा विदेशी पर्यटकहरुको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ (दुई) वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।
 

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गए अनुरुप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको, साथै हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त बाह्य र आन्तरिक रुपमा पहुँच विस्तार भै पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्याउने भएकोले यी तीनओटै क्षेत्रलाई एकीकृत रुपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको पाइन्छ ।
 

मन्त्रालयको कार्यक्षेत्र

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०७४ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र देहायबमोजिम रहेको छः

  • संस्कृति, ललितकला, धर्म, सभ्यता र सम्पदा सम्बन्धी नीति, कानून, मापदण्ड;
  • पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
  • राष्ट्रिय संग्रहालय, अभिलेखालय;
  • अन्तर्राष्ट्रिय एवं राष्ट्रियस्तरका ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं साँस्कृतिक महत्वका स्थल एवं विश्व सम्पदामा सूचिकृत सम्पदा सम्बन्धी नीति, कानून, मापदण्ड, संरक्षण, संभार, अध्ययन, अनुसन्धान, उत्खनन्, पुनर्निर्माण र प्रचारप्रसार;
  • प्राकृतिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक, साहसिक पर्यटन सम्बन्धी नीति, मापदण्ड र नियमन;
  • केन्द्रीयस्तरका प्रज्ञाप्रतिष्ठान सम्बन्धी नीति तथा कानून;
  • विदेशी मित्रराष्ट्रहरुसंग भएका सन्धी सम्झौताको दस्तावेज संरक्षण;
  • पर्यटन सम्बन्धी नीति, कानून र मापदण्ड;
  • क्यासिनो सम्बन्धी नीति, कानून र मापदण्ड र नियमन;
  • पर्वतारोहण, ट्राभल, ट्रेकिङ्ग सम्बन्धी नीति, कानून र मापदण्ड र नियमन;
  • पर्यटन शुल्क निर्धारण सम्बन्धी नीति, कानून र मापदण्ड र नियमन;
  • भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान;
  • पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्;
  • विभिन्न धर्म, जातजाती, सम्प्रदाय, भाषाभाषिकाको साहित्य, संगीत, लिपी, कला, संस्कृति र चलचित्रको संरक्षण तथा विकास सम्बन्धी नीति, कानून र मापदण्ड;
  • निकासी गरिने पुरातात्विक बस्तुहरुको जाँच र अनुमति;
  • वायुयान निर्माण तथा डिजाइन, संचालन र मर्मत सम्भार, विमानस्थल निर्माण तथा संचालन, एयर नेभिगेस सेवा तथा उड्डयन तालिम संस्था आदिको इजाजत र नियमन
  • हवाइ भाडा, विमानस्थल शुल्क, एयर नेभिगेशन सेवा शुल्क र नियमन
  • वायुसेवा कार्यसंचालन अनुमति, इजाजत र उडान अनुमति
  • नागरिक उड्डयन सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
  • नागरिक उड्डयन व्यवसाय तथा पेशाविद्हरुको अनुमति, स्तर निर्धारण र नियमन
  • हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय संगठनबाट प्रतिपादित स्तर, मापदण्ड, मार्गदर्शन र कार्यान्वयन
  • एयरनेभिगेसन र एयर ट्राफिक सेवा
  • हवाईक्षेत्रको व्यवस्थापन,
  • उड्डयन सेवाको लागि मौसम सम्बन्धी सूचना सेवा
  • उड्डयन खोज तथा उद्धार कार्यमा सहयोग तथा समन्वय
  • अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापन,
  • वायुयान दुर्घटना जाँच सम्बन्धी,
  • अल्ट्रालाइट, प्याराग्लाइडिंग, हृयाङ्ग ग्लाइडिंग जस्ता हवाई खेल/शाहासिक उड्डयन/मनोरन्जनात्मक उड्डयन क्रियाकलाप सम्बन्धी नीति र मापदण्ड
  • प्रतिलिपी अधिकार सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  • मन्त्रालय सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्थासंग सन्धी, सम्झौता, अभिसन्धी, सम्पर्क र समन्वय
  • मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको संचालन र नियमन
  • मन्त्रालयको विषयक्षेत्रसंग सम्बन्धित सेवा, समूह र उपसमूहको संचालन
प्रगति विवरण
कार्यक्रम शिर्षक मिति अद्यावदिक/स्थिति

फोटो ग्यालरी थप हेर्नुहोस् ।



Sun
Mon
Tue
Wed
Thu
Fri
Sat