नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (गोरखापत्रमा प्रकाशित मिति २०७३।०५।२१) || २०७३-५-२७ माननीय मन्त्री जीवनबहादुर शाहीज्यूले सुर्खेत विमानस्थल अनुगमन निरीक्षण गर्नुहुँदै || राष्ट्रिय र क्षेत्रिय प्रतिभा पुरस्कारको सूचना || महाकवि देवकोटा पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || पुष्पलाल राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || National Tourism Strategic Action Plan (2015-2024) Seminar || विनासकारी भुकम्प पश्चात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको कार्य प्रगति विवरण (मिति २०७२ साल वैशाख १२ गते देखि वैशाख २१ गते सम्म ) || निषिद्ध क्षेत्रको विवरण, प्रवेश अनुमति दिने व्यवस्था र भिआइपि वर्गिकरण सम्बन्धी सूचना || पर्यटन वहीर्गमन सर्भेक्षणको खरिद प्रकृया रद्ध भएको सम्बन्धी सूचना || राष्ट्रिय प्रतिभा पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार सम्बन्धी सूचना ||

श्री जीवन बहादुर शाही

मा. मन्त्री
थप हेर्नुहोस्

श्री शंकर प्रसाद अधिकारी

सचिव
थप हेर्नुहोस्
परिचय

मुलुकको आर्थिक विकासको मुल आधारको रुपमा रहेको पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि र समग्र आर्थिक विकास तथा समुन्नतिका लागि टेवा पुग्दै आईरहेको छ । पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल तल्लो भन्दा तल्लो तहसम्म पुरयाउनको लागि परम्परागत ढङ्गले अगाडी बढाउन नसकिने हुंदा पर्यटन क्षेत्रको विविधिकरण र विस्तार गरिनु आवश्यक छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि देशको आन्तरिक र बाह्य यातायातको माध्यम बनेको हवाई यातायातलाई सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।

पर्यटन उद्योगलाई सघन एवं समन्वयात्मक रुपले ग्रामीण तहसम्म विकास र विस्तार गरी नेपाललाई विश्वकै प्रमुख गन्तव्य स्थलको रुपमा विकास गरी विश्व सामु देशको अनुपम प्राकृतिक साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रबद्र्धन गरी तिनीहरुको माध्यमबाट पर्यटकहरुलाई आकर्षण गर्न विद्यमान पर्यटकीय क्षेत्रको उचित संरक्षण र विकास गरी दिगो उपयोगको वातावरण तयार गरिनुपर्दछ भने नयां नयां पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान गरिनु आवश्यक छ । गुणस्तरीय तथा विविधतायुक्त पर्यटकीय सेवाको विकास र विस्तारको माध्यमबाट पर्यटक आगमन, बसाई अवधि, प्रति पर्यटक खर्च तथा हवाई सेवा एवं संख्यामा समेत उल्लेख्य वृद्धि गरी रोजगारी तथा आय आर्जनका अवसरहरुको विकास र विस्तार गर्नु अहिलेको आवश्यकता हो । यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि निजी  क्षेत्रसँग सहकार्य बढाउने र पर्यटन तथा हवाई क्षेत्रमा पूर्वाधार तथा दिगो संस्थागत विकासका लागि विविध कार्यक्रमहरु संचालन गरिंदै आएको छ ।

पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन वि.सं.२०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको र वि.सं.२०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभागको स्थापना भएको हो । पर्यटन क्षेत्रको नियोजित तथा योजनावद्ध विकास तथा प्रबदन छुट्टै केन्द्रिय निकायबाट गराउने आवश्यकता महशुस गरी वि.सं.२०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भयो । स्थापनाको शुरुमा पर्यटन क्षेत्रलाई मात्र आवद्ध गरिएकोमा वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । वि.सं.२०५७ देखि संस्कृतिको कार्य समेत यस मन्त्रालयमा समावेश भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरिएकोमा वि.स.२०६५ भदौमा संस्कृतिको क्षेत्र अलग भै छुट्टै मन्त्रालयको रुपमा पुर्नगठन हुन गई  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कायम भएको थियो । फेरी २०६९-०२-०५ गते सँस्कृति मन्त्रालय यसै मन्त्रालयमा गाभिन गई पुनः यस मन्त्रालयको नाम "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मत्रालय" कायम भएको छ ।

कार्यक्षेत्रहरु:
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्षेत्र देहायबमोजिम रहेको छः

  • संस्कृति, पर्यटन तथा हवाई यातायातको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
  • पर्यटन तथा हवाई उद्योगको प्रवर्द्धन र संरक्षण;
  • ट्राभल र ट्रेकिङ एजेन्सी;
  • विश्व पर्यटन सङ्गठनलगायत पर्यटन तथा हवाई यातायातसम्बद्ध अन्तर्राष्ट्रिय संस्था;
  • पर्वतारोहण र अन्य साहसिक पर्यटन क्रियाकलाप;
  • विमानस्थलको निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापन;
  • हवाई यातायात र परिवहनको सञ्चालन तथा व्यवस्था;
  • संयुक्त राष्ट्र सङ्‌घीय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थासँगको सम्पर्क, सहयोग र समन्वय;
  • संस्कृतिको प्रवर्द्धन तथा संरक्षण;
  • संस्कृतिसम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क, सहयोग र समन्वय;
  • संस्कृतिविषयक अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान-प्रदान, अध्ययन तथा अनुसन्धान;
  • पुरातात्विक महत्त्वका स्मारक र पुरातात्विक वस्तुहरूको सङ्ग्रह, संरक्षण, संवर्द्धन, अन्वेषण तथा उत्खनन;
  • निकासी गरिने पुरातात्विक वस्तुको जाँच र अनुमति;
  • प्रतिलिपि अधिकार;
  • सांस्कृतिक सम्पदा, धरोहर र ऐतिहासिक महत्त्वका दरबारको संरक्षण तथा संवर्द्धन;
  • विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, लिपि, कला र संस्कृतिको संरक्षण तथा विकास;
  • पर्यटनसँग सम्बद्ध सङ्घ, सङ्गठन, संस्थान र समिति;
  • नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठान;
  • पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक, धार्मिक, पुरातात्विक, संस्था तथा समिति;
  • नारायणहिटी दरबार सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालय र अभिलेखालय;
  • हवाई यातायातसम्बद्ध संस्थान, प्राधिकरण तथा सङ्गठन;
  • नेपाल शिक्षा सेवाअन्तर्गत आर्कियोलजी समूहको सञ्चालन;
  • नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूहको सञ्चालन -

(क)    सिभिल इन्जिनियरिङ समूहअन्तर्गत एअरपोर्ट उपसमूह;
(ख)   एरोनटिकल इन्जिनियरिङ समूह;
(ग)   सिभिल एभिएसन अपरेसन एण्ड इन्जिनियरिङ समूह ।

उद्देश्य
मुलुकको आर्थिक विकासको मुल आधारको रुपमा रहेको पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि र समग्र आर्थिक विकास तथा समुन्नतिका लागि टेवा पुग्दै आईरहेको छ । पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल तल्लो भन्दा तल्लो तहसम्म पुरयाउनको लागि परम्परागत ढङ्गले अगाडी बढाउन नसकिने हुंदा पर्यटन क्षेत्रको विविधिकरण र विस्तार गरिनु आवश्यक छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि देशको आन्तरिक र बाह्य यातायातको माध्यम बनेको हवाई यातायातलाई सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।
 
पर्यटन उद्योगलाई सघन एवं समन्वयात्मक रुपले ग्रामीण तहसम्म विकास र विस्तार गरी नेपाललाई विश्वकै प्रमुख गन्तव्य स्थलको रुपमा विकास गरी विश्व सामु देशको अनुपम प्राकृतिक साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रबद्र्धन गरी तिनीहरुको माध्यमबाट पर्यटकहरुलाई आकर्षण गर्न विद्यमान पर्यटकीय क्षेत्रको उचित संरक्षण र विकास गरी दिगो उपयोगको वातावरण तयार गरिनुपर्दछ भने नयां नयां पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान गरिनु आवश्यक छ । गुणस्तरीय तथा विविधतायुक्त पर्यटकीय सेवाको विकास र विस्तारको माध्यमबाट पर्यटक आगमन, बसाई अवधि, प्रति पर्यटक खर्च तथा हवाई सेवा एवं संख्यामा समेत उल्लेख्य वृद्धि गरी रोजगारी तथा आय आर्जनका अवसरहरुको विकास र विस्तार गर्नु अहिलेको आवश्यकता हो । यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि निजी  क्षेत्रसँग सहकार्य बढाउने र पर्यटन तथा हवाई क्षेत्रमा पूर्वाधार तथा दिगो संस्थागत विकासका लागि विविध कार्यक्रमहरु संचालन गरिंदै आएको छ ।
 
पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन वि.सं.२०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको र वि.सं.२०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभागको स्थापना भएको हो । पर्यटन क्षेत्रको नियोजित तथा योजनावद्ध विकास तथा प्रबदन छुट्टै केन्द्रिय निकायबाट गराउने आवश्यकता महशुस गरी वि.सं.२०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भयो । स्थापनाको शुरुमा पर्यटन क्षेत्रलाई मात्र आवद्ध गरिएकोमा वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । वि.सं.२०५७ देखि संस्कृतिको कार्य समेत यस मन्त्रालयमा समावेश भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरिएकोमा वि.स.२०६५ भदौमा संस्कृतिको क्षेत्र अलग भै छुट्टै मन्त्रालयको रुपमा पुर्नगठन हुन गई  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कायम भएको थियो । फेरी २०६९-०२-०५ गते सँस्कृति मन्त्रालय यसै मन्त्रालयमा गाभिन गई पुनः यस मन्त्रालयको नाम "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मत्रालय" कायम भएको छ ।
 
कार्यक्षेत्र
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्षेत्र देहायबमोजिम रहेको छः
 
संस्कृति, पर्यटन तथा हवाई यातायातको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
पर्यटन तथा हवाई उद्योगको प्रवर्द्धन र संरक्षण;
ट्राभल र ट्रेकिङ एजेन्सी;
विश्व पर्यटन सङ्गठनलगायत पर्यटन तथा हवाई यातायातसम्बद्ध अन्तर्राष्ट्रिय संस्था;
पर्वतारोहण र अन्य साहसिक पर्यटन क्रियाकलाप;
विमानस्थलको निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापन;
हवाई यातायात र परिवहनको सञ्चालन तथा व्यवस्था;
संयुक्त राष्ट्र सङ्‌घीय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थासँगको सम्पर्क, सहयोग र समन्वय;
संस्कृतिको प्रवर्द्धन तथा संरक्षण;
संस्कृतिसम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क, सहयोग र समन्वय;
संस्कृतिविषयक अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान-प्रदान, अध्ययन तथा अनुसन्धान;
पुरातात्विक महत्त्वका स्मारक र पुरातात्विक वस्तुहरूको सङ्ग्रह, संरक्षण, संवर्द्धन, अन्वेषण तथा उत्खनन;
निकासी गरिने पुरातात्विक वस्तुको जाँच र अनुमति;
प्रतिलिपि अधिकार;
सांस्कृतिक सम्पदा, धरोहर र ऐतिहासिक महत्त्वका दरबारको संरक्षण तथा संवर्द्धन;
विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, लिपि, कला र संस्कृतिको संरक्षण तथा विकास;
पर्यटनसँग सम्बद्ध सङ्घ, सङ्गठन, संस्थान र समिति;
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठान;
पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक, धार्मिक, पुरातात्विक, संस्था तथा समिति;
नारायणहिटी दरबार सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालय र अभिलेखालय;
हवाई यातायातसम्बद्ध संस्थान, प्राधिकरण तथा सङ्गठन;
नेपाल शिक्षा सेवाअन्तर्गत आर्कियोलजी समूहको सञ्चालन;
नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूहको सञ्चालन -
(क)    सिभिल इन्जिनियरिङ समूहअन्तर्गत एअरपोर्ट उपसमूह;
(ख)   एरोनटिकल इन्जिनियरिङ समूह;
(ग)   सिभिल एभिएसन अपरेसन एण्ड इन्जिनियरिङ समूह ।
प्रगति विवरण
कार्याक्रम मिति विवरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवार, काठमाण्डौ
प्राविधिक त्रुटिका कारण फेसबुक विजेट लोड गर्न सकेन।

Sun
Mon
Tue
Wed
Thu
Fri
Sat