नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०७३।७४ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक (मिति २०७४ बैशाख ११ गते सोमबार ) प्रेस विज्ञप्ति - सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा । प्रेस–विज्ञप्ति - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट ATF Fuel चुहिएको सम्बन्धमा । प्रेस विज्ञप्ति -२०७३।१०।१२ (डिसेम्वर २०–२१, २०१६ मा भारतको नयाँ दिल्लीमा नेपाल र भारत बीच भएको हवाई रुट सम्बन्धी द्विपक्षीय वार्ता र सो वार्तामा भएको MoU सँग जोडेर विभिन्न संचार माध्यमहरुमा एयरमार्शल शब्द प्रयोग गरी समाचारहरु संप्रेषण भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्ति ) प्रेस विज्ञप्ति - हार्दिक श्रद्धान्जली
28
Nov

प्रेस विज्ञप्ति - जुम्ला स्थित चन्दननाथबाबाको मन्दिरबाट दतात्रय भगवानको मूर्ति चोरी सम्बन्धमा

प्रकाशक :

प्रेस विज्ञप्ति
 
मिति २०७३।०८।११ शनिवारका दिन जुम्ला जिल्लास्थित नेपालको प्रसिद्ध धार्मिकस्थल चन्दननाथबाबाको मन्दिरबाट चार हात भएको दतात्रय भगवानको मूर्ति सहित बहुमुल्य वस्तु चोरी भएको घटनाप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकोछ । त्यस विषयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीज्यूले जुम्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितसँग घटनाबारे विस्तृत बुझ्नुका साथै घटनाको अनुसन्धान गरी संलग्नहरुको खोजी कार्य तिब्र पार्न निर्देशन दिनु भएको छ भने यस मन्त्रालय अन्तर्गतको पुरातत्व विभागलाई समेत यस विषयमा आवश्यक निर्देशन दिने कार्य भएकोछ । साथै गृह मन्त्रालयलाई उच्च प्राथमिकताका साथ खोजबीन अनुसन्धान गर्न अनुरोध गरिएकोछ । उक्त विषयमा जिल्ला प्रशासन कार्यालय, जुम्लाले घटनालाई गम्भीररुपमा लिई जिल्लास्थित सुरक्षा समितिको बैठक बसी आवश्यक कारवाही अघि बढाएको तथा उक्त स्थानको सुरक्षा दिने तथा घटनाको विषयमा अनुसन्धानको कार्य भै रहेको जानकारी आएको समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ । 
 
 
(घनश्याम उपाध्याय)
प्रवक्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, काठमाडौं ।
 
मिति २०७३।०८।१३