नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०७३।७४ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक (मिति २०७४ बैशाख ११ गते सोमबार ) प्रेस विज्ञप्ति - सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा । प्रेस–विज्ञप्ति - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट ATF Fuel चुहिएको सम्बन्धमा । प्रेस विज्ञप्ति -२०७३।१०।१२ (डिसेम्वर २०–२१, २०१६ मा भारतको नयाँ दिल्लीमा नेपाल र भारत बीच भएको हवाई रुट सम्बन्धी द्विपक्षीय वार्ता र सो वार्तामा भएको MoU सँग जोडेर विभिन्न संचार माध्यमहरुमा एयरमार्शल शब्द प्रयोग गरी समाचारहरु संप्रेषण भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्ति ) प्रेस विज्ञप्ति - हार्दिक श्रद्धान्जली
12
Dec

प्रेस विज्ञप्ति - महाकवि देवकोटा पुरस्कार - वि.सं. २०७३

प्रकाशक :

प्रेस विज्ञप्ति

नेपाल सरकारले वि.सं. २०६८ सालमा स्थापना गरेको महाकवि देवकोटा पुरस्कार हालसम्म निरन्तर प्रत्येक वर्ष प्रदान गरिदैं आएको छ । यो पुरस्कार कविता विषय क्षेत्रतर्फ, निबन्ध/ समालोचना विषय क्षेत्रतर्फ, आख्यान/ नाटक विषय क्षेत्रतर्फ, बालसाहित्य/लोक साहित्य विषय क्षेत्रतर्फ /साहित्य सेवा विषय क्षेत्रतर्फ गरी ५ वटा क्षेत्रहरुमा ५जना व्यक्तित्वहरुलाई हरेक बर्ष एक लाख रुपैयाँका दरले पुरस्कार बितरण गर्ने गरिएको छ । महाकवि देवकोटा पुरस्कार मापदण्ड तथा कार्यविधी बमोजिम गठित महाकवि देवकोटा पुरस्कार चयन समितिले सिफरिश गरे बमोजिम वि.सं. २०७३ सालको महाकवि देवकोटा पुरस्कारबाट देहायका व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने गरी नेपाल सरकार (मन्त्रीस्तर) मिति २०७३।८।२७ मा निर्णय भएको ब्यहोरा सर्वसाधारणको जानकारीका लागि सूचना सम्प्रेषण गरिएको छ।

 

क्र.सं.

पुरस्कृत व्यक्तिको नाम र ठेगाना

पुरस्कार वितरणको क्षेत्र

डा. वानिरा गिरी

कविता

श्री कृष्ण गौतम

निबन्ध/ समालोचना

श्री परशु प्रधान

आख्यान/ नाटक

श्री बासुदेव मुनाल

बाल साहित्य/लोक साहित्य

श्री नगेन्द्रराज शर्मा

साहित्य सेवा

 

 

 

(घनश्याम उपाध्याय)

सहसचिव

प्रवक्ता