Government of Nepal   Ministry of Tourism and Civil Aviation   Government of Nepal

home  नेपाली     home  home     feedback  Complaints     contacts  contacts

 

जनतालाई सम्मान र सेवाः  सुशासनलाई टेवा

 
blank
 
border
Banner
border
 

Old Press Releases

प्रेस वक्तव्य

२०६६।१२।१६

नेपालको हिमाल र हिमाली क्षेत्रलाई पर्वतारोहणको आकर्षक गन्तव्यको रुपमा विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा अध्ययन गरी १५ दिन भित्र सिफारिस पेश गर्न नेपाल सरकारको मिति २०६६।१२।१५ को निर्णय मन्त्रालयका सहसचिव लक्ष्मण भट्टर्राईको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ ।

सहसचिव, लक्ष्मण भटृराई, पर्यटन तथा ना.उ.मन्त्रालय
संयोजक
प्रमुख कार्यकारी अधिकृत, प्रचण्डमान श्रेष्ठ, नेपाल पर्यटन वोर्ड
सदस्य
राष्ट्रिय संयोजक, योगेन्द्रमान शाक्य, नेपाल पर्यटन वर्ष २०११
सदस्य
अध्यक्ष, आङछिरिङ शेर्पा, नेपाल पर्वतारोहण संघ
सदस्य
अध्यक्ष, सिताराम सापकोटा, ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल
सदस्य
अध्यक्ष, डम्वर पराजुली, एक्सपीडिसन अपरेटर एसोशिएसन
सदस्य
अध्यक्ष, वाङछु शेर्पा, सगरमाथा आरोही संघ
सदस्य
अध्यक्ष, बिक्रम न्यौपाने, हिमालयन उद्धार संघ
सदस्य
अध्यक्ष, लाक्फुटी शेर्पा, महिला पर्वतारोही संघ
सदस्य
अध्यक्ष, सुनार ब. गुरुङ, नेपाल नेशनल माउन्टनेरिङ गाईड एसोशिएसन
सदस्य
अध्यक्ष, ङवाङ निमा शेर्पा, नेपाल माउन्टनेरिङ इन्स्ट्रक्टर एसोशिएसन
सदस्य
प्रतिनिधि, उपसचिवस्तर, नापी विभाग
सदस्य
प्रतिनिधि, राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण विभाग
सदस्य
प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोष
सदस्य
उपसचिव, वावुराम भण्डारी, पर्यटन तथा ना.उ. मन्त्रालय
सदस्य सचिव

उक्त कार्यदलले निम्न विषयमा अध्ययन गरी सुझाव दिनेछ :

  • नयाँ चुचुरोका पहिचान गरी खुला गर्न सिफारिश गर्ने ।
  • खुल्ला गरिएका सबै चुचुरोमा आरोहण गर्न सक्ने वातावरण तयार गर्नु पर्ने कार्यहरुको सिफारिश गर्ने ।
  • सिमामा अवस्थित हिमालहरुको सम्बन्धमा सिफारिश गर्ने ।
  • सम्पर्क अधिकृत सम्बन्धी व्यवस्थामा गर्नु पर्ने सुधारका विषयमा सिफारिश गर्ने ।
  • पर्वतारोहकणको वर्तमान अवस्थाको समिक्षा गरी छिमेकी मुलुकहरुसंग प्रतिस्पर्धात्मक बनाउन अवलम्वन गर्नुपर्ने उपाय सिफारिश गर्ने ।
  • नेपाल पर्यटन वर्ष २०११ लाई समेत मध्यनजर राख्दै यस क्षेत्रमा गरिनु पर्ने सुधारको सम्बन्धमा सुझाव दिने ।
  • नेपाली आरोहीहरुलाई सलामी दस्तुरमा छुट दिने सम्बन्धमा नीतिगत सुझाव दिने ।
  • प्रख्यात आरोहीहरुको सम्मान र सगरमाथा आरोहीहरुलाई दिइने परिचयपत्रको सम्बन्धमा सुझाव दिने ।
  • कार्यदललाई सिफारिश गर्न उपयुक्त लागेका अन्य विषय ।

(लक्ष्मण भटृराई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रेस वक्तव्य

२०६६।११।२३

  • नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गकोलागि बारा जिल्लाको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यक्रमलाई त्रीवर्षिय योजना (२०६४-६७), आ. व. २०६४।६५ देखि चालू आ. व. को बजेट वक्तव्यले निरन्तरता दिएको ।
  • निजीक्षेत्रको लगानीमा उक्त स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने गरी पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी परियोजना समन्वय समितिले मिति २०६४।९।१८ मा सिफारिश गरेको ।
  • उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण (BOOT) प्रक्रिया बमोजिम कार्यान्वयन गर्ने गरी नेपाल सरकार म.प. आर्थिक तथा पूर्वाधार समितिबाट मिति २०६४।११।१ मा निर्णय भएको ।
  • उक्त परियोजना BOOT ढाँचामा लगानी तथा कार्यान्वयन गर्ने आशय सहित ल्याण्डमार्क वर्ल्डवाईड कम्पनी, कोरियाले नेपाल सरकार समक्ष निवेदन दिएकोले परियोजनाको विश्तृत संभाव्यत अध्ययन गर्ने सम्बन्धमा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी ऐन, २०६३ को दफा ८ बमोजिम वार्ता गर्ने गरी नेपाल सरकार (म.प) बाट मिति २०६५।९।२ मा निर्णय भएको ।
  • वार्ताको पूर्वाधार तयार गर्ने क्रममा मन्त्रालयले प्रस्तावकको योग्यता र प्रस्ताव मूल्याङ्कन सम्बन्धी कार्यक्षत्रगत शर्त (TOR) स्वीकृत गरी उक्त कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको र प्राप्त प्रस्तावको मूल्याङ्कन गर्दा कार्यक्षत्रगत शर्त बमोजिम निर्धारित न्यूनतम अङ्कको सीमा पार गरेकोले उक्त कम्पनी वार्ताकोलागि योग्य ठहर भई मन्त्रालयले उक्त कम्पनीसँग २०६६ जेठ र भाद्रमा दुई चरणमा भएको वार्ताको आधारमा नेपाल सरकार पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र ल्याण्डमार्क वर्ल्डवाईड कम्पनी, कोरिया विच विस्तृत संभाव्यता अध्ययन सम्बन्धी सम्झौता गर्ने नेपाल सरकार म.प. बाट मिति २०६६।८।७ मा स्वीकृति प्राप्त भए बमोजिम आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
  • विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा ल्याण्डमार्क वर्ल्डवाईड र यसका साझेदार संस्था Incheon International Airport Corporation, Korea Power Engineering Company, Inc. Yooshin Corporation, Archiplan Inc. Kumho Industrial Co., Ltd. Seoultel Engineering Co., Ltd. Hanil Mech. Elec. Consultants; Airport De Paris; संलग्न रहेका छन् ।
  • निर्माण स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण (BOOT) ढाँचामा बारा जिल्लाको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थल शहर निर्माण परियोजनाको विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ल्याण्डमार्क वर्ल्डवाईड कम्पनी, कोरियालाई अनुमतिपत्र प्रदान गर्ने ।
  • ल्याण्डमार्क वर्ल्डवाईडले मन्त्रालय समक्ष पेश गरेको प्राविधिक प्रस्ताव बमोजिम अन्तर्राष्ट्रिय स्तरको ढाँचामा विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने ।
  • १ अप्रिल, २०१० देखि सम्झौता प्रारम्भ हुने र सम्झौताको अवधि १० महिनाको हुनेछ ।
  • विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन तयार गर्दा लाग्ने लागत अमेरिकी डलर ३,५५१,०२३ ल्याण्डमार्क वर्ल्डवाईड कम्पनीले लगानी गर्ने ।

(लक्ष्मण भटृर्राई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रेस वक्तव्य

२०६६।८।२९

मध्य पश्चिमका पहाडी जिल्ला दैलेख-सुर्खेत तथा सुदुर पश्चिमका कैलाली-कञ्चनपुर जिल्लाको आकाशमा विगत केही हप्तादेखि वायुसेनाको सुपरसैनिक विमानहरु जस्तो देखिने विमानहरुले आकाशमा धुवाँको मुस्लो छोड्दै पश्चिम तर्फजाने गरेको भन्ने विभिन्न संचार माध्यममा आएको समाचार प्रति यस मन्त्रालयको ध्यान आकृष्ट भएको छ । यस सर्न्दर्भमा निम्न व्यहोराबाट स्पष्ट गरिएको छ ।

भारतको दिल्ली तथा पश्चिमी क्षेत्र भएर मध्य पूर्व र युरोप तर्फजाने अन्तर्राष्ट्रिय उडानको लागि मौजुदा हवाई मार्ग B345 -काठमाडौं-भैरहवा-लखनऊ-दिल्ली) बाट भन्दा ४/५ मिनेट छोटो उडान हुने नयाँ हवाई मार्ग L626 -काठमाडौं-भरतपुर-पाल्पा-सुर्खेत -महेन्द्रनगर-ओनिसा_ को स्थापना भई १९ नोभेम्बर २००९ बाट संचालनमा समेत आईसकेको छ । यो नव स्थापित हवाई मार्ग प्रयोग गरी काठमाडौंबाट दिल्ली तथा पश्चिमी गन्तव्य तर्फजाने अन्तर्राष्ट्रिय उडानहरुले करिब ३२ मिनेट बढी नेपाली आकाश उपयोग गर्छन् । हाल यो हवाई मार्गबाट नेपाल वायुसेवा, कतार एयरवेज, जेट एयरवेज लगायत १३ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले प्रतिहप्ता झण्डै ९० देखि १०० उडान गरिरहेका छन् । जेट विमानहरु उच्च उचाईबाट उड्दा विमानले फाल्ने हावा आकाशमा Condensed भई धुवाँ जस्तो सेतो पदार्थको मूस्लो देखिएको स्वभाविक भएको र यो कुनै फाइटर जेट नभई नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुयान नै भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

(लक्ष्मण भटृर्राई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रेस वक्तव्य

२०६६।८।२५

भारत सरकारबाट नेपालसम्म उडान गर्न पाउने गरी तोकिएको Kingfisher Airlines Ltd. लाई नेपाल-भारत वीच सम्पन्न हवाई सेवा सम्झौता बमोजिम नेपाल सरकारले Operating Authorization प्रदान गरेको छ । उक्त वायुसेवाले Delhi-Kathmandu-Delhi खण्डमा ७ उडान प्रतिहप्ता र Mumbai-Kathmandu-Mumbai खण्डमा ७ उडान प्रतिहप्ता उडान गर्ने गरी उडान योजना पेश गरेको छ । भारत सरकारबाट नेपालसम्म उडान गर्न तोकिएको Kingfisher Airlines Ltd. भारत सरकारको चौंथो वायुसेवा कम्पनी हो । यो वायुसेवा कम्पनी समेत गरी नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या अब २३ पुगेको छ ।

सन् २०११ लाई नेपाल भ्रमण वर्षो रुपमा मनाउने नेपाल सरकारको महाअभियानमा विदेशी वायुसेवाहरुले नेपालमा उडान गर्न देखाएको अभिरुचीलाई सकारात्मक संकेतको रुपमा लिइएको छ । नेपाल र भारत सरकार वीच गत सेप्टेम्बरमा पुनरावलोकन भएको अत्यन्त उदार हवाई सेवा सम्झौता अनुरुप उडान अभिबृद्धि गरी हवाई सीट र प्रत्यक्ष उडानको अभावलाई पूर्ति गर्दै भारतबाट बढीभन्दा बढी पर्यटन भित्र्याउन यस वायुसेवाको सेवा प्रवेशले ठूलो सघाउ पुर्‍याउने विश्वास मन्त्रालयले लिएको छ ।

(लक्ष्मण भटृर्राई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रेस सम्मेलन

२०६६।८।२२

  • नगरकोट, ककनी र पोखरामा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जग्गामा तारागाउँ विकास समितिलाई भोगाधिकार दिई होटल सञ्चालन गर्दै आएकोमा त्यसलाई स्तर उन्नती गर्न निजी क्षेत्रबाट सञ्चालन व्यवस्थापनको लागि प्रस्ताव आह्यान गर्ने नीतिगत स्वीकृत भएको छ ।
    त्यसै गरी मन्त्रालयको नाममा रहेको पोखराको फेवातालसंगैको झण्डै ४५ रोपनी जग्गामा कुनै पनि स्थायी निर्माण कार्य गर्न नपाउने गरी Tented camp राख्ने साथै सौर्न्दर्यीकरणको काम निजी क्षेत्रबाट सञ्चालन व्यवस्थापन गर्ने नीति स्वीकृत भएको ।
  • हुम्ला जिल्लाको रुडीकोट हेलिप्याडमा दर्घटनाग्रस्त मनाङ एयरको रसियन MI-17 हेलिकप्टर कार्तिक २९ मा दुर्घटना भएकोमा नेपाल सरकारले ३ महिना समयावधी तोकी दर्घटना जाच आयोग गठन गरी जाँचको कार्य भइरहेको ।
  • बाराको निजगढमा निर्माण हुने दोश्रो अन्तराष्ट्रिय विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययनको लागि कोरियन कम्पनी Land Mark Worldwide संग सम्झौता गर्ने सम्बन्धमा मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ, निकट भविष्यमा सम्झौता हुँदैछ ।
  • भैरहवा एयरपोर्टलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न ADB Board ले स्वीकृति गरेको जानकारी प्राप्त भएको ।
  • नेपालको Civil Avition सम्बन्धी विभिन्न विधामा ICAO ले Saftety Audit गरी दिएको निर्देशन बमोजिम नेपालले आयोजना तयार गरी सुधारात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको ।
  • हालै भारतसँग भएको हवाई सम्झौताको आधारमा आन्तरिक विमानस्थलबाट पनि निजी क्षेत्रका हवाई कम्पनीहरुलाई Cross-Boarder Flight गर्न दिने सम्बन्धमा TOR परिमार्जन गरी स्वीकृत गर्ने प्रकृया अन्तिम चरणमा पुगेको ।
  • Fly Dubai ले दुवई-काठमाण्डौ - दुवई यही Dec 14, बाट उडान शुरु गर्ने भएको छ ।
  • Jet Airways _Bom_KTM_Bom हप्ताको ५ वटा नयाँ Sector थप गरी Flight गरिरहेको ।
  • King Fisher ले दिल्ली-काठमाण्डौ-बम्वे उडानको अनुमती माग गरेको र्सर्न्दभमा स्वीकृतिको प्रकृया अन्तिम चरणमा पुगेको ।
  • China_Eastern Airlinens ले कुमिङ-काठमाण्डौ-कुमिङ हप्ताको ४ वटा हवाई उडान शुरु भएको ।
  • नव निर्मित एयरपोर्ट खानीडाँडा मनमाया विमानस्थलमा नियमित उडान संचालन गर्ने गरी भाडा दर निर्धारण
BIR_Khanidanda
919.00
1636.00
KTM_Khanidanda
1376.00
2447.00
  • काठमाण्डौबाट दिल्ली जान बनेको नया हवाई मार्ग RNAV-Route (Lima-626) सञ्चालन गरेको, यसबाट ५ मिनेट कम उडान गर्नु पर्ने, नेपालको Air space ३२ मिनेट थप प्रयोग हुने ।
    (India ले Distance अनुसार रकम लिने । काठमाण्डौ-महेन्द्रनगर पन्तनगर-दिल्ली) हाल यो रुप कार्यान्वयनमा रहेको छ ।

(लक्ष्मण भटृर्राई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रेस वक्तव्य

२०६६।५।१६

नेपाल सरकार र कतार सरकारका प्रतिनिधिमण्डलबीच कतारको राजधानी दोहामा यही ३० अगष्ट देखि ०१ सेप्टेम्बर,२००९ सम्म द्विपक्षीय हवाई सेवा सम्झौता वार्ता भै आज १ सेप्टेम्बर, २००९ का दिन एक समझदारी-पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भयो । नयाँ हस्ताक्षरित समझदारी पत्रमा दुवै पक्षका नागरिक उड्डयन क्रियाकलापलाई अझ व्यवस्थित गर्न देहाय बमोजिमको समझदारी भएको छ:-

१. 
दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरुले प्रति हप्ता जुनसुकै प्रकारको वायुयान प्रयोग गरी २८ यात्रु उडान सञ्चालन गर्न सक्ने ।
२.
दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरुले प्रति हप्ता जुनसुकै प्रकारका वायुयान प्रयोग गरी ७ मालवाहक उडान सञ्चालन गर्न सक्ने ।
३.
नेपाली पक्षका तोकिएका वायुसेवा कम्पनीहरुले प्रतिहप्ता जुनसुकै ३ वटा मध्यविन्दू  (Intermediate Points) मा र जुनसुकै तीन वटा गन्तव्य पछिका विन्दूहरु (Beyond Points) मा पूर्ण पाँचौं स्वतन्त्रताको अधिकार प्रयोग गर्न सक्ने छन् ।
४.
अन्तर्रराष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले निर्दिष्ट गरेको ढाँचा र प्रवधान सहितको (Intermediate Points) लाई Air Service Agreement (ASA) मा समावेश गर्ने ।
५.
दुवै पक्षले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा क्रमशः सहयोग अभिवृद्धि गर्दै लैजाने ।

अन्त्यमा, सौहाद्रपूर्ण एवं मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको द्धिपक्षीय वार्तापछि तय भएको समझदारी पत्रमा नेपाली पक्षका टोली नेता एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री नगेन्द्रप्रसाद घिमिरे र कतारी पक्षका टोलीनेता एवं कतारी नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष महामहिम अब्दुलाजीज मोहम्मद अल नोयमीले आ-आफनो सरकारको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गर्नु भयो । नयाँ हस्ताक्षरित समझदारीपत्रबाट युरोप/अमेरिकाबाट नेपाल आउने पर्यटकको आवागमनमा सहज भै पर्यटन प्रवर्द्धन हुने र नेपाल भ्रमण वर्ष २०११ लाई सफल तुल्याउन सहयोग पुग्ने विश्वाश मन्त्रायले लिएको छ ।

(लक्ष्मण भटृर्राई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


प्रेस वक्तव्य

२०६६।१।६

१. नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०६५ चैत्र २३ गते पर्यटन नीति, २०६५ स्वीकृत भएको छ ।

२. हवाई सम्झौता तथा वायुसेवा सञ्चालन :-
(१) नेपाली आकाशमा एक्कलर् इञ्जिन विमान आयात गरी सञ्चालन गर्न काष्ठमण्डप एयर प्रा.लि. लाई नयाँ इजाजत पत्र प्रदान गरिएको छ भने आन्तरिक उडानमा सञ्चालनरत यति एयरलाईन्सलाई पनि एकल इञ्जिन विमान सञ्चालन गर्न पाउने गरी Fleet थप गरिएको ।
(२) आन्तरिक उडान गर्न पाउने गरी मुक्तिनाथ हेलिकप्टर प्रा.लि. र गुण एयरलाईन्स प्रा.लि.लाई नयाँ इजाजत प्रदान गरिएको छ । हाल आन्तरिक उडानका हेलिकप्टर सेवातर्फ ६ र स्थिर पँखेटा विमान सेवातर्फ ६ गरी १२ वटा वायुसेवा कम्पनीहरु उडानरत छन् ।
(३) नेपाल पर्यटन वर्ष २०११ को अभियानमा सघाउ पुर्‍याउदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप बढीभन्दा बढी विदेशी हवाई कम्पनीको नेपालसम्मको उडानलाई प्रोत्साहन गर्न चालु Summer Schedule भरी थप प्रतिहप्ता ३ उडान अस्थायी रुपमा (Temporary Operating Permit) सञ्चालन गर्ने गरी स्वीकृति प्रदान गरिएको छ । हाल बहराइन एयर समेत गरी नेपालमा १९ वटा हवाई कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

३. सञ्चार उपकरण जडान :-
काठमाडौं देखि पश्चिम नेपालगञ्ज लगायत मध्य तथा सुदूर पश्चिम क्षेत्रमा उडान गर्ने वायुयानसंग काठमाडौं बाटै VHF (भेरि हाई प्रिmक्वेन्सी) मा दोहोरो संचार सर्म्पर्क गर्न सक्ने गरी काठमाडौ तथा नेपालगंजमा Remote Control Air Ground Communication (RCAG) Station स्थापना गर्ने कार्य सम्पन्न गरिएको छ । यसरी स्थापना गरिएको नयाँ संचार व्यवस्थाबाट काठमाडौंबाट महेन्द्रनगर हुँदै दिल्लीसम्म जाने/आउने प्रस्तावित छोटो दूरीको नयाँ अन्तर्राष्ट्रिय वायुमार्ग स्थापना गर्न मदत पुग्ने देखिन्छ ।संचार सर्म्पर्क सुनिश्चित भएपछि उडान सुरक्षा अभिवृद्धिमा समेत ठोस योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

४. अन्तर्राष्ट्रिय उडानतर्फको यात्रु सेवा शुल्क (Passanger Service Charge-PSC) नविल बैंक मार्फ कुपनको माध्यमबाट उठाउने गरेको साविकको व्यवस्था खारेज गरि मिति १ मार्च २००९ देखि लागु हुने गरि यात्रुले हवाई टिकट खरिद गर्ने समयमै टिकटमै यात्रुसेवा शुल्क थप गरि उठाउने व्यवस्था गरिएकोले छुटृै एयरपोर्ट ट्याक्स तिर्न नपर्ने भई यात्रुहरुलाई सुविधा भएको छ ।

५. नेपाल वायुसेवा निगमलाई आवश्यक एउटा Narrow-body र एउटा Wide-body जेट विमान खरीद गर्न २५ चैत्र, २०६५ ७ अप्रिल, २००९) मा र्सार्वजनिक सूचना प्रकाशित भैसकेको । उक्त टेण्डर सम्बन्धमा मूल्यांकन तथा वार्तालाप गरी चालु आर्थिक वर्षभत्रै खरीद सम्झौता गर्ने गरी कार्य भैरहेको ।

(लक्ष्मण भटृर्राई)
प्रवक्ता तथा सह-सचिव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय


Press Release

19 April 2009

The Embassy of Nepal and Consulate of Nepal in Victoria, Australia jointly hosted this evening in Melbourne a dinner with cultural programme to celebrate the Nepalese New Year 2066 B.S.

The visiting Hon Hisila Yami, Minister for Tourism and Civil Aviation of Nepal, The Hon Martin Ferguson MP, Minister of Tourism, Resource and Energy of Australia, The Hon Elizabeth Beattie MP, Parliament Secretary assisting the Premier on Multicultural Affairs, Victorian Government, were among the high level dignitaries gracing the occasion.

Extending her New Year greetings Hon Minister for Tourism and Civil Aviation of Nepal stated that Nepal needed an enhanced level of assistance and cooperation from Australia to rebuild economic and social infrastructure in the post conflict situation. Expressing the hope that the forthcoming 50th anniversary of the establishment of the diplomatic relations between the two countries would open up more opportunities in bringing bilateral relations to a new height, The Hon Minister called for meaningful cooperation in such vital areas as trade, tourism, investment, employment and education. She underlined the need for having direct air connections between Australia and Nepal to promote cooperation in the field of tourism. She further added that the Australian investment in tourism sector and resumption of visa services in Australian Embassy in Kathmandu would give a qualitative boost to promoting greater mobility and interaction between the two countries and peoples. She appealed for increased number of Australian tourists in Nepal to make the 2011 Nepal Visit Year a grand success. She emphasized that Nepal is more than mountains and adventure tourism, for Nepal’s ethnic, cultural, religious, linguistic diversity together with diversity in nature makes it a fascinating, safe, enjoyable and attractive destination. She informed that Nepal’s tourism policy was being implemented in conjunction with civil aviation policy that is based on liberalized, open sky policy.

Ms Yami gave an update on the latest political and economic situation in Nepal and stated that integration of the Maoist Combatants with Nepalese army must remain a priority as its success is critical in bringing the ongoing peace process to its logical conclusion.

The Australian Tourism Minister Mr Martin Ferguson expressed the best wishes for the Nepalese community and for the lasting peace and stability in Nepal. He renewed Australian government’s commitment to supporting Nepal’s peace process and economic development. Highlighting the expanding Nepal – Australia relations Minister Ferguson opined that the recent formation in the Australian Parliament of a Nepal Friendship Group was an important initiative that would help strengthen bilateral relations. He underscored that peace and stability in Nepal was vital not only for ending massive poverty in Nepal but also in ensuring peace and stability in South Asia. He termed the Nepal Visit Year 2011 as an important step in the right direction to promote Nepalese tourism, which has a significant contribution to the Nepalese economy.

The Parliament Secretary Ms Elizabeth Beattie conveyed the greetings and best wishes from the Premier of Victoria and expressed happiness to see that Nepalese community was growing  in Victoria, adding values to the Australian Multiculturalism . She underlined the need for preserving the mother tongue of the children in order to preserve culture and maintain linkages with their ancestral places.

Ambassador Yogendra Dhakal delivered the welcome speech in which he highlighted that the year 2066 would be a year of constitutional writing and the year of logical conclusion of the peace process. He stated that the 50th anniversary of the founding of the diplomatic relations should provide an opportunity to reflect on the past achievements and build a new framework for enhanced level of cooperation in keeping with people’s aspirations and the opportunities available.

The programme was very impressive in terms of attendance, as it had the participation from the cross section of the Victorian society including business and tourism industry. The consular corps in Victoria, friends of Nepal, participates of business forum and exhibition, Media representatives, members of the Nepalese community, Nepalese students, accompanying members in the Minister’s delegation, Embassy officials and staff from the Nepalese Consulate were present at the function.

The Honorary Consul Mr. Chandra Yonzon proposed the New Year Toast and Mr Shanker Bairagi extended the Vote of thanks.

Mr Sudhir Shakya and Mrs Sanuska Rajbhandari from the Nepalese Consulate conducted the ceremony.

Presentation of the Nepalese cultural dances enlivened the environment that was thoroughly enjoyed by the participants.

On the occasion, on behalf of the Nepalese Community in Victoria, Dr Raju Adhikari, President of Help Nepal Network in Australia announced the financial contribution made by the Nepalese Community for the victims of bushfire in Victoria.  The announcement was received with acclamation on the floor.

Top

 
border
   
border

 

Check Mail

 
   
Copyright © Ministry of Tourism and Civil Aviation. All Rights Reserved. Disclaimer
 
Powered by: Weboo Art