मिति : 2077-04-02
जिम्मेवार निकाय: LDT OFFICE
जानकारी :विश्व सम्पदा सूचीमा सूचिकृत भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकास गरी यसलाई प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्यको रुपमा विकास गर्न निरन्तर प्रयास जारी रहेको छ । यो सम्पदा स्थलमा संयुक्त राष्ट्र संघसहितको पहलमा प्रा. केञ्जो टाङ्गेद्वारा तयार गरी नेपाल सरकारले स्वीकृत गरेको लुम्बिनी गुरुयोजना कार्यान्वयनमा रहेको छ। सो गुरु योजना अनुसार हालसम्मको भौतिकतर्फको निर्माण कार्य प्रगति ८५ प्रतिशत रहेको छ।