April 19, 2024
Switch View

कार्यक्रम : नविनतम कार्यक्रम

मिति : 2077-08-09

जिम्मेवार निकाय: NATHM

जानकारी :

प्रतिष्ठानबाट मुख्य रुपमा सम्पादन हुने कार्यहरुलाई थप व्यवथित मर्यादित, सहभागीतामुलक र गुणस्तरयुत्त बनाउदै लैजान यस प्रतिष्ठानको मिति २०७७।३।०२ को निर्णयानुसार ७ जना सदस्य रहने गरि विभिन्न ६ वटा उपसमितिहरु निम्नानुसार निर्माण गरिएको छ ।

१,सार्वजनिक खरिद व्यवस्थापन उपसमिति

२.सार्वजनिक मर्मत सम्भार व्यवस्थापन उपसमिति

३.सौन्दर्यीकरण व्यवस्थापन उपसमिति

४.आन्तरिक लिखित परीक्षा सञ्चालन उपसमिति

५,अनुगमन मुल्याङ्कन समिति

६.शैक्षिक कार्य क्रम ,तालिम एवं अनुसन्धान व्यवस्थापन उप समिति

१. प्रतिष्ठानको सौन्दर्य बढाउनको लागि प्रतिष्ठान हाताभित्र निम्नान्सारका कामहरु सम्पन्न भएका

  • सरसफाई, मर्मत सम्भार र रङ्गरोगन कार्य,
  • पानी ट्याङ्की सरसफाई बगैचा निर्माण र सौन्दर्यीकरण,
  • वाल रङ्गरोगन कार्य, प्रवेशद्बार व्यवस्थापन,
  • पानिको फोहरा निर्माण,
  • विजुली बत्ती जडान कार्य र व्यवस्थापन गर्ने कार्य,
  • परम्परागत ढुङ्गेधारा निर्माण,
  • माछापोखरी निर्माण कार्य,
  • पार्कीङ्ग व्यवस्थित गर्ने कार्य र प्रयोगात्मक कक्षाकोठाको सरसफाई,
  • किचेन इक्युपमेन्ट र मेसिनहरुको सरसफाई लगाएतका कार्यहरु सम्पन्न भएको छ ।

२. सैदान्तिक कक्षा भवनमा VRF एयर कन्डिसन युनिट जडान तथा विद्युतिय कार्य  सम्पन्न भएको  l

३.  प्रतिष्ठानको हाताभित्र Stone paving गर्ने कार्य सम्पन्न भएको l

४. व्यवहारिक कक्षा भवनको तला थप गर्ने कार्य सम्पन्न भएको ।

५.  प्रतिष्ठानमा अध्यापनरत श्रोत प्रशिक्षकहरुको  कोभिड - १९ विमा गरिएको।

६.  प्रतिष्ठानको शाखा कार्यालयहरु महोत्तरीको बर्दिबास, बाँकेको नेपालगञ्ज र झापाको विर्तामोडमा       स्थापना भई कार्यालय सञ्चालनमा आएको ।

७.  कक्षा बाहिरको बारदलीमा  प्यानल लाईट सहितको फलसिलिङ्ग निर्माण गरिएको ।

८.  Digital Signboard, Notice Board , Digital Citizen Charter जडान गरी सञ्चालनमा   ल्याइएको ।दर्ता चलानी सफ्टवेर संचालनमा ल्याएको।

९.  कम्प्यूटर ल्याब स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको ।

१०. प्रतिष्ठानको कार्य सम्पादनका लागि एकिकृत सफ्टवेर निर्माण कार्इ भै रहेको।website स्तरोन्नति  तथा NATHM App निर्माण कार्य भै रहेको।

११.  अपाङ्गमैत्री र्‍याम्प भएको र अपाङ्गमैत्री शौचालय निर्माणको क्रममा रहेको।

१२.  NATHM clinic, Teachers' Office, Incubation Centre स्थापना गर्ने कार्य भै रहेको।

१३.  Sport Area स्तरोन्नतीको कार्य भइरहेको।

१४.  कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आवश्यकता पहिचान (TNA) गरिएको र माग वमोजिमका  तालिमहरु संचालनको क्रममा रेहेको ।

१६.  विभिन्न तालिमका पाठ्यक्रमहरु निर्माण एवं संसोधन भइरहेको।