March 29, 2024
Switch View

कार्यक्रम : विभिन्न पर्यटन बजारमा प्रभावकारी देखिन आवश्यकता बमोजिमका Digital माध्यमको प्रयोग गरी विशेष कार्यक्रमहरु जस्तै (( Webinar, Participation in Virtual Travel Mart) मार्फत नेपालको प्रवद्र्घन गर्ने ।

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

नेपाल पर्यटन बोर्डले मिति १८ डिसेम्बर २०२० मा Buzz Travel Marketing India Pvt. Ltd. सँगको सहकार्यमा “UNLOCKING NEPAL: Understanding Tourism Opportunities” शिर्षकमा Webinar आयोजना गरि उक्त कार्यक्रममा सहभागि भारतीय ट्राभल ट्रेड र पर्यटन व्यवसायीहरु साथै नेपाली पर्यटन व्यवसायीहरु माझ यस बोर्डका कार्यकारी प्रमुख र पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन महाशाखाका महाशाखा प्रमुखले नेपालबारे प्रस्तुति दिदै हालको Pandemic को समयमा नेपालको पर्यटन revive गर्न के कस्ता कार्यहरु गरिरहेको छ र भारतीय पर्यटकको सहज आगमनको लागि नेपाल सरकारको मापडण्डहरुको समेत जानकारि गराउँदै नेपालको प्रवद्र्धन गरिएको ।

नेपाल पर्यटन बोर्डले चीनीयाँ बजारका अधिकतम समाजिक संजाल प्रयोगकर्ता माझ नेपालको पर्यटन प्रवद्र्धन गर्ने, प्रचार प्रसार गर्ने र नेपाल सम्बन्धि विभिन्न प्रवद्र्धनात्मक Digital सामाग्री सम्प्रेषण गर्ने उद्देश्यले चीनीयाँ सामाजिक संजाल WeChat मा आफ्नो रजिष्ट्रेसन सम्पन्न गरेको ।