२०७७ मंशिर महिना सम्मको भौतिक प्रगति ९३.२०% भएको । यस महिनामा करिब 0.२५ % प्रगति भएको र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।
- अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर एवं फायर बिल्डिंगको सिभिल तर्फको मुख्य कार्य सम्पन्न भई फिनिसिङ्ग कार्य अन्तिम चरणमा रहेको ।
- मुख्य संरचनाहरुको वरिपरी गार्डेनिङ्ग एंव ल्याण्डस्केपिङ् सम्बन्धि कार्य चालु ।
- लिफ्ट एंव भवनहमा लाईटहरु जडान गर्ने कार्य चालु ।
- कार पार्किङ् क्षेत्रको मार्किङ् कार्य सम्पन्न ।
- धावनमार्ग/ट्याक्सीवेमा विद्युतीय कार्य जडानका लागि तयारी भईरहेको ।
- ईन्टेरियर सम्बन्धि कार्य चालु ।
दोस्रो टर्मिनल भवन निर्माण कार्यका लागि परामर्शदातृ नियुक्त भईसकेका र हाल डिजायन लागत अनुमान लगायतकाे कार्यहरु अन्तिम चरणमा रहेको ।