मिति : 2077-12-31
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :माइलस्टोन १ नयाँ संस्थाको लागि संगठन संरचना र आवश्यक कानुन मंप मा पेश भएको हुने
हालको नेपाल नागरिक उड्डयन प्रधिकरणलाई नियमनकारी र सेवा प्रदायी संस्थाको रुपमा अलग-अलग निकायको रुपमा स्थापना गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल नागरिक उड्डयन प्रधिकरण(नियमनकारी निकाय) र नेपाल हवाई सेवा प्राधिकरण( सेवा प्रदायी निकाय) गठन गर्ने सम्बन्धि बिधेयक राष्ट्रिय सभामा पेश भएको छ।नेपाल नागरिक उड्डयन प्रधिकरणबाट अन्तरिक रुपमा अलग अलग निकायको लागि संगठन संरचना बनाउने/कर्मचारी सेवा शर्त नियमावली तथा आर्थिक प्रशासन नियमावली बनाउने कार्य भईरहेको छ ।संगठन संरचना, नियमावली स्वीकृति, कर्मचारी तथा साधन श्रोत बाँडफाँड आदि कार्य मन्त्रालयबाट हुनुपर्ने भएकोले मन्त्रालयमा प्राधिकरण समेत सम्मिलित एक कार्यदल गठन गर्न आवश्यक देखिएको ।