व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

प्रशासन तथा योजना महाशाखा

प्रशासन तथा योजना  महाशाखा

यस महाशाखालाई तोकिएका कामहरु यसप्रकार छन्ः

 

  • मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरु र समितिहरुको लागि आवश्यक जनशक्तिको व्यवस्था, पद सृजना लगायतका आवश्यक कार्य ।
  • मन्त्रालय र अन्तर्गतका कार्यालयहरुको रिक्त रहेको पदहरु स्थायी प्रकृयाबाट पूर्ति गर्न सम्बन्धित निकायमा माग, सिफारिश भै आएका उम्मेदवारहरुलाई पदस्थापना, नियुक्ति, बढुवाको पदस्थापना तथा  राजीनामा सम्बन्धी कार्य ।
  • मन्त्रालयका कर्मचारीहरुको सरुवा, काज, स्वदेश एवं विदेश अध्ययन र तालिममा मनोनयन, बृत्ति विकास सम्बन्धी कार्य ।
  • नेपाल इन्जिनियरिङ्ग सेवा अन्तर्गत पर्ने इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ्ग समूह र सिभिल एभिएशन अपरेशन इन्जिनियरिङ्ग समूहको कर्मचारी प्रशासन सम्बन्धी कार्य ।
  • सबै कर्मचारीहरुको वैयक्तिक  विवरण तथा अन्य विवरणहरु सम्बन्धी कार्य ।
  • नेपाल सरकारमा पेश हुने प्रस्तावहरु सम्बन्धी कार्य ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुद्वारा प्राप्त प्रस्तावहरु कार्यान्वयन सम्बन्धी कार्य ।
  • पर्यटन सम्बन्धी गोष्ठी सम्मेलन आदि संचालन सम्बन्धी कार्य ।
  • केन्द्रीय तथा कार्यसंचालन स्तरको लेखा संचालनमा आवश्यक निर्देशन र लेखापरीक्षणको व्यवस्था सम्बन्धी कार्य ।
  • वेरुजुको लगत र फर्छ्र्यौट सम्बन्धी कार्य ।
  • मन्त्रालय, अन्तर्गत विभाग र कार्यालयहरुको निरीक्षण सम्बन्धी कार्य ।
  • रकमान्तर, खर्चको स्वीकृति र ठेक्का पट्टा सदर, मालसामान खरिद तथा लीलाम विक्रीको स्वीकृति एवं मन्त्रालयको भौतिक साधनहरुको अभिलेख मर्मत सम्भार,  र संरक्षण सम्बन्धी कार्य ।
  • कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन तयार गर्ने, प्रोत्साही पुरस्कार सिफारिश तथा विभागीय कारवाही सम्बन्धी कार्य ।
  • मन्त्रालय र अन्र्तगत अन्य विभाग कार्यालयहरुलाई आवश्यकता अनुसार परामर्श दिने सम्बन्धी कार्य ।
  • मातहत शाखाहरु बीच समन्वय कायम राख्ने सम्बन्धी कार्य ।
  • कर्मचारीहरुको विदा सिफारिश वा स्वीकृति सम्बन्धी कार्य ।

 

  • पर्यटन तथा हवाई यातायात विकास नीति, योजनाको तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य ।
  • वैदेशिक सहायताबाट संचालित आयोजनाहरुको निरीक्षण, समन्वय र मूल्यांकन सम्बन्धी कार्य ।
  • पञ्च वर्षीय, त्रिवर्षीय योजना तथा वार्षिक योजना लगायत आवधिक योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य ।
  • बजेट तथा कार्यक्रम तर्जुमा र चौमासिक विभाजन सहितको कार्यक्रमको स्वीकृति सम्बन्धी कार्य ।
  • प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट प्राप्त मार्गदर्शन तथा निर्देशन अनुरुप कार्यक्रम तर्जुमा, स्वीकृति, कार्यान्वयन, प्रगति प्रतिबेदन, चौमासिक, अर्ध वार्षिक तथा वार्षिक प्रगति समीक्षा सम्बन्धी कार्य ।
  • आयोजना/परियोजना कार्यान्वयनमा देखापरेका समस्याहरु समाधान सम्बन्धी कार्य ।
  • पर्यटन तथा हवाई यातायात सम्बन्धी विकास योजना तथा कार्यक्रमहरुको विश्लेषण, छनौट र अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य ।
  • आवश्यकता अनुसार कार्यक्रम संशोधन सम्बन्धी कार्य ।
  • पर्यटन सम्बन्धी सम्भाव्यता अध्ययन, अनुसन्धान, पर्यटकीय स्थलहरुको खोजी, सूचना संकलन, डकुमेन्टेसन र प्रकाशन सम्बन्धी कार्य ।
  • पर्यटन विकास सम्बन्धी पूर्वाधारहरुको विकास गर्न आवश्यक योजनाहरु कार्यान्वयन सम्बन्धी कार्य ।
  • पर्या–पर्यटन, साहसिक पर्यटन, खेलकुद पर्यटन आदिको विकास सम्बन्धी कार्य ।

 महाशाखा अन्तर्गतका शाखाहरु

  • नीति, योजना, अनुगमन तथा मूल्याङ्कन शाखा
  • लेखा शाखा
  • प्रशासन शाखा
  • कानुन शाखा
  • जिन्सी फाँट

19th Mar 24 06:07:26

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
6063872