व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

नागरिक बडापत्र

 

Download Citizen charter

 

प्रदान गरिने सेवा

 

  • संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन सम्बन्‍धी संघीय नीति, योजनाको तर्जुमा, मापदण्ड र नियमन सम्बन्धी कार्य ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन सम्बन्धी विकास योजना तथा कार्यक्रमहरुको विश्‍लेषण, छनौट, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य ।
  • पर्यटन विकास सम्बन्धी पूर्वाधारहरुको विकास गर्न आवश्यक योजनाहरु कार्यान्वयन सम्बन्धी कार्य ।
  • मन्त्रालय र अर्न्तर्गतका निकायहरुको बजेट तथा कार्यक्रम तर्जुमा, चौमासिक विभाजन सहितको कार्यक्रम स्वीकृति ।
  • वैदेशिक सहायता र आन्तरिक स्रोतबाट संचालित आयोजनाहरुको निरीक्षण, अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य।
  • पर्यटन व्यवसाय सम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्य ।
  • पर्यटन सम्बन्धी सम्भाव्यता अध्ययन, अनुसन्धान, पर्यटकीय स्थलहरुको खोजी, सूचना संकलन, डकुमेन्टेसन र प्रकाशन सम्बन्धी कार्य ।
  • पर्यटन प्रबर्द्धनका लागि सरकारी, गैरसरकारी, एवं स्थानीय निकायहरुसँग समन्वय र सहकार्य सम्बन्धी कार्य ।
  • पर्यटन प्रवर्द्धनका लागि अन्तराष्ट्रिय जगतसँग सम्पर्क र समन्वय गर्ने कार्य।
  • पर्यटन क्षेत्रको लागि आवश्यक पुर्वाधार विकास गर्ने सम्बन्धमा सरकारी, गैरसरकारी, एवं स्थानीय तहहरुसँग समन्वय सम्बन्धी कार्य ।
  • पर्यटन विषयक सम्झौताहरु सम्बन्धी कार्य ।
  • पर्यटन सम्बद्ध तथ्याङ्कहरुको संकलन, विश्लेषण र प्रवर्द्धन सम्बन्धी कार्य।
  • नागरिक उड्डयन व्यवसाय तथा पेशाविद्हरुको स्तर निर्धारण र नियमन सम्बन्धी कार्य।
  • वायुयान निर्माण तथा डिजाइन, संचालन र मर्मत सम्भार, विमानस्थल निर्माण तथा संचालन, एयर नेभिगेसन सेवा तथा उड्डयन तालिम संस्था आदिको मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • हवाइ भाडा,  विमानस्थल शुल्क, एयर नेभिगेशन सेवा शुल्क र नियमन सम्बन्धी कार्य।
  • वायुसेवा कार्यसंचालन सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय संगठनबाट प्रतिपादित स्तर, मापदण्ड, मार्गदर्शन कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
  • एयरनेभिगेसन र एयर ट्राफिक सेवा नियमन सम्बन्धी कार्य।
  • उड्डयन सेवाको लागि मौसम सम्बन्धी सूचना सेवा।
  • उड्डयन खोज तथा उद्धार कार्यमा सहयोग समन्वय तथा वायुयान दुर्घटना जाँच सम्बन्धी कार्य।
  • अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • विभिन्‍न मुलुकहरुसँग हवाईसेवा सम्झौता वार्ता र हवाई सम्झौता सम्बन्धी कार्य ।
  • नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्था, संगठनसँग सम्पर्क, सहभागिता र ती संगठनबाट पारित महासन्धी/प्रोटोकलहरुको अनुमोदन सम्बन्धी कार्य ।
  • वायुसेवाहरुलाई सेवा संचालन अनुमति सम्बन्धी कार्य ।
  • निषेधित क्षेत्रमा हवाई उडान र अवतरणको सिफारिश सम्बन्धी कार्य ।
  • मौजुदा हवाई रुट र नयाँ स्थापना हुने रुटहरुमा एयर नेभिगेशन सुविधाहरुको पहिचान, समन्वय र निर्णय सम्बन्धी कार्य ।
  • भाषा, कला, साहित्य र संस्कृति सम्बद्ध आयोग, कोष, विकास समिति, प्रतिष्ठन, परिषद्हरु  सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य।
  • विभिन्न धर्म, जातजाती, सम्प्रदाय, भाषाभाषिकाको साहित्य, संगीत, लिपी, कला, संस्कृति र चलचित्रको संरक्षण तथा विकास सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य।
  • प्रतिलिपी अधिकार सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
  • संग्रहालय र अभिलेखालय सुढृढीकरण सम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य।
  • अमूर्त साँस्कृतिक सम्पदाको खोज, अध्ययन, संरक्षण, प्रबर्द्धन, सूचीकरण सम्बन्धी कार्य।
  • संस्कृतिसँग सम्बद्ध विभिन्‍न समूह, गुठी संघ संस्थाहरुलाई आवश्यक सहयोग तथा समन्वय सम्बन्धी  कार्य ।
  • संस्कृति तथा पुरातत्व सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्थासंग सन्धि सम्झौता सम्बन्धमा सम्पर्क र समन्वय गर्ने कार्य।
  • मन्त्रालय, विभाग वा अर्न्तर्गतका कार्यालयहरुको लागि आवश्यक जनशक्तिको व्यवस्थापन सम्बन्धी कार्य ।
  • मन्त्रालय, अर्न्तगतका निकायहरुको पदपूर्तिका लागि नियुक्ति तथा पदस्थापना, सरुवा, बढुवा, राजिनामा तथा बिभागीय कारबाही सम्बन्धी कार्य ।
  • कार्य सम्पादन मूल्यांकन र प्रोत्साही पुरस्कार सम्बन्धी कार्य ।
  • नेपाल इञ्‍जिनियरिङ्ग सेवा अर्न्तर्गत पर्ने एरोनटिकल इञ्‍जिनियरिङ्ग समूह र सिभिल एभिएशन अपरेशन इञ्‍जिनियरिङ्ग समूहको कर्मचारी प्रशासन सम्बन्धी कार्य।
  • आर्थिक प्रशासन सम्बन्धी कार्य।
  • आवश्यकतानुसार ऐन, नियम, गठन (आदेश), सम्झौता तयार गर्ने सम्बन्धी कार्य ।

19th Mar 24 03:08:10

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
6063405