व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

पर्यटन पूर्वाधार विकास आयोजना

पृष्ठभुमि
नेपालको प्रथम पर्यटन विकास गुरुयोजना जर्मन सरकारको सहयोगबाट ई.सं. १९७२ मा तयार गरिएको थियो । उक्त समयमा नेपालमा पर्यटन व्यवसाय भर्खर मात्र सुरु भएकोले थोरै मात्र पर्यटकहरु नेपाल आउने गरेको अवस्था थियो । ई.स. १९८२ अथवा दश वर्षपछि उक्त पर्यटन विकास गुरुयोजनालाई मूल्याङ्कन गरिंदा त्यस वर्ष मात्रै करीब १ लाख ७७ हजार पर्यटकहरु नेपाल आएका  थिए । यसपछि ई.सं. १९९० मा एसियाली विकास बैंकको सहयोगबाट दोस्रो पर्यटन विकास आयोजना संचालन गरिएको थियो ।

आ.व. २०६५/६६ को बजेट तथा कार्यक्रम अन्तर्गत देशका विभिन्न भागमा रहेका सांस्कृतिक, धार्मिक लगायतका पर्यटकीय स्थानहरुको व्यवस्थापन, निर्माण, सम्भार तथा विकासको साथै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन पूर्वाधार विकास आयोजनाको स्थापना गरिएको छ  । 

उद्देश्य

  • नेपालका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने क्षेत्रहरुको गुरुयोजना तयार गरी भौतिक पूर्वाधारहरुको विकास गर्ने ।
  • निर्धारित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आवश्यक पर्ने भौतिक सुविधाहरुको निर्माण तथा सम्भार गर्ने ।
  • आय आर्जनको श्रोतको पहिचान गरी पर्यटन क्षेत्रको भौतिक पूर्वाधारहरु निर्माण गर्ने र ती संरचनाहरु नियमित रुपमा स्थानिय स्तरबाटै मर्मत संभार तथा व्यवस्थापन गर्ने परिपाटी बसालेर दिगो विकासको अवधारणा अनुरुप कार्यक्रमहरु संचालन गर्ने र गरिबी निवारणमा टेवा पुर्‌याउने ।

थप जानकारीका लागि,
पर्यटन पूर्वाधार विकास आयोजना

26th Jun 25 04:06:57

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
7154277